२० प्रतिशत जनसंख्यालाई पुग्ने गरि खोप खरिद गर्न मन्त्रिपरिषदमा प्रस्ताव – Nepal Press

२० प्रतिशत जनसंख्यालाई पुग्ने गरि खोप खरिद गर्न मन्त्रिपरिषदमा प्रस्ताव

चीनको साइनोफार्मसँग नन–डिस्क्लोजर सहमतिको तयारी

काठमाडौं । स्वास्थ्य मन्त्रालयले मुलुकको २० प्रतिशत जनसंख्यालाई पुग्ने गरि खोप खरिद गर्न मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पेश गरेको छ ।

चीनको साइनोफार्म कम्पनीसँग नन-डिस्क्लोजर सहमतिअनुसार खोप खरिद गर्ने प्रक्रिया सुरु गर्नको लागि मन्त्रालयले उक्त प्रस्ताव पेश गरेको हो ।

स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले २० प्रतिशत जनसंख्यालाई पुग्ने गरि खोप खरिद गर्न मन्त्रालयले प्रस्ताव पेश गरेको बताए । उक्त प्रस्ताव मन्त्रिपरिषद्मा छलफलमा रहेको र अनुमोदनको तयारीमा रहेको उनले जनाए ।

खोपको मात्रा र मूल्यबारे मन्त्रालयले खुलाएको छैन । चीनको साइनोफार्म कम्पनीले नेपालसँग खोप खरिद प्रक्रियाका लागि नन-डिस्क्लोज खरिद सहमतिको प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव अन्तर्गत रहेर मन्त्रालयले मन्त्रिपरिषद्बाट अनुमोदनका लागि सो प्रस्ताव गरेको हो ।

खोप प्रक्रिया चाहिँ आगामी एकसातामा पुरा हुने जानकारी प्रमुख विशेषज्ञ डा. पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *