कर्णाली प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित – Nepal Press

कर्णाली प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

सुर्खेत । कर्णाली प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

सभामुख राजबहादुर शाहीले उक्त प्रस्तावलाई निर्णयार्थ पेस गर्दा सदनमा उपस्थित सांसदको संख्याको आधारमा बहुमतले पारित भएको घोषणा गरेका हुन् ।

योसँगै प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ भने अहिले दिउँसो चार बजे प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले बजेट सार्वजनिक गर्ने भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर