गण्डकीमा मुख्यमन्त्रीको सपथग्रहण तयारी, मनाङेसहित चार मन्त्रीले आजै सपथ लिने – Nepal Press

गण्डकीमा मुख्यमन्त्रीको सपथग्रहण तयारी, मनाङेसहित चार मन्त्रीले आजै सपथ लिने

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज शपथ ग्रहण लगत्तै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् ।

मुख्यमन्त्री पोखरेलले आज प्रदेश प्रमुखको कार्यालयमा साढे ७ बजे शपथ लिदैंछन् । आजै नेपाली कांग्रेसका १, माओवादी १ , जसपाका १ र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)ले मन्त्रीको रुपमा शपथ लिनेछन् ।

कांग्रेसबाट कुमार खड्काले मन्त्रीको शपथ लिनेछन् । पोखरेललाई समर्थन गरेको राष्ट्रिय जनमोर्चा भने सरकारमा सहभागि नभई समर्थन जनाउनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर