नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न प्रदेश सांसदलाई बागमती एमाले संसदीय दलको ह्वीप – Nepal Press

नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न प्रदेश सांसदलाई बागमती एमाले संसदीय दलको ह्वीप

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश संसदीय दलले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न प्रदेश सांसदलाई हीप जारी गरेको छ । मुख्यमन्त्री तथा दलका प्रमुख नेता डोरमणि पौडेलले बैठकमा सम्पूर्ण सदस्यलाई नीति तथा कार्यक्रम पास गर्न पक्षमा मतदान गर्न निर्देशन

दिएका दलका प्रमुख सचेतक दीपक निरौलाले जानकारी दिए । बैठकमा एमाले नेतृ  अष्टलक्ष्मी शाक्यले पनि पौडेलको निर्देशन मान्न सदस्यहरूलाई आग्रह गरेको निरौलाले बताए ।

त्यसैगरी बैठकले कांग्रेसका प्रदेश सभा सदस्य नरोत्तम वैध्यले प्रधानमन्त्रीमाथि दिएको ज्यान मार्ने धम्कीजस्ताो आपत्तिजनक अभिव्यक्तिमाथि भर्त्सना गर्दै लिखित माफी माग्न माग गरेको छ ।

बैठकले वैध्यलाई माफी माग्न सभामुखसमक्ष जानकारी गराउने निर्णयसमेत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर