प्रधानमन्त्रीलाई मार्ने धम्की दिएका नरोत्तमलाई पक्राउ गर्न एमाले बागमती प्रदेशको माग – Nepal Press

प्रधानमन्त्रीलाई मार्ने धम्की दिएका नरोत्तमलाई पक्राउ गर्न एमाले बागमती प्रदेशको माग

काठमाडौं । नेकपा एमाले बागमती प्रदेशले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्ने धम्की दिएका नेपाली कांग्रेसका प्रदेश सभा सदस्य नरोत्तम बैधलाई पक्राउ गरी मुद्दा चलाउन माग गरेका छन् ।

सो प्रदेशका एमाले अध्यक्ष आनन्द पोखरेलले एक विज्ञप्तिमार्फत् बैधलाई तत्काल प्रदेश सभाबाट निलम्बन गरी कारबाही गर्न माग गरेका हुन् ।

उनले यसमा गम्भीर षड्यत्र लुकेका कारण आयोग बनाइ दोषीहरू पत्ता लगाउनसमेत आग्रह गरेका छन् । ‍’एक शक्तिशाली आयोग बनाई तथ्य सत्या पत्ता लगाई सार्वजनिक गर्न नेपाल सरकार र प्रदेश सरकारसँग जोडदार माग गर्दछु । हत्या जस्तो गम्भीर अपराधको वकालत गर्ने सबैलाई कानुनको दायरामा ल्याउन अनुरोध पनि गर्दछु,’ विज्ञप्तिमा भनिएको छ ।

शुक्रबार बैधले  प्रदेश सभाको बैठकको रोष्टममा ऊभिएर माहात्मा गान्धीलाई नथुराम गोड्सले मारेझैं केपी शर्मा ओलीलाई मार्नुपर्छ र मार्छु भन्दै दिएको अभिव्यक्ति निकै विवादित बनेको थियो ।

अध्यक्ष पोखरेलले ओलीविरुद्ध केही दलका नेता तथा कार्यकर्ताहरूले भौतिकरुपमा सफ़ाइ गर्न सक्ने सुचना आफूहरूलाई प्राप्त भएको समेत बताएका छन् । यसबारे आफूहरूले सुक्ष्म अध्ययन समेत गरिरहेको उनले खुलासा गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर