सिभिल बैंकको सीईओमा पोखरेल नियुक्त – Nepal Press

सिभिल बैंकको सीईओमा पोखरेल नियुक्त

काठमाडौं । सिभिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत सीईओमा सुनिलकुमार पोखरेल नियुक्त भएका छन् । बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले चार वर्षका लागि पोखरेललाई सीईओमा नियुक्त गरेको हो ।

गत वैशाख १८ गते बैंकका तत्कालीन सीईओ गोविन्द गुरुङले राजीनामा दिएपछि डेपुटी सीईओमा पोखरेल नियुक्त भएका थिए ।

सन् १९९१ देखि बैंकिङ सेवामा प्रवेश गरेका पोखरेलले एनआईसी, नबिल, स्ट्यान्डर्ड चाटर्ड, म्यानमाको एसियन ग्रिन डेभलपमेन्ट बैंकमा काम गरिसकेका छन् ।

रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *