ओलीविरुद्ध माधव पक्षका विद्यार्थीको ह्यासट्याग अभियान – Nepal Press

ओलीविरुद्ध माधव पक्षका विद्यार्थीको ह्यासट्याग अभियान

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षका विद्यार्थीले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध सामाजिक सञ्जालमा ह्यासट्याग अभियान सुरु गरेका छन् ।

ओलीले पार्टी एकताको आह्वान ‘निर्णायक’ प्रस्ताव अघि सारेको भोलीपल्ट अखिलका विद्यार्थी यस्ता अभियानमा लागेका हुन् ।

कोभिडका कारण सडकमा एकजुट भएर प्रदर्शन गर्न सक्ने अवस्था नरहेकाले सामाजिक सञ्जालमार्फत रचनात्मक तरिकाले विरोध सुरु गरिएको माधव पक्षीय अनेरास्ववियूकी महासचिव आरती लामाले बताइन् । ओलीले गरेको प्रतिनिधिसभा विघटनदेखि मन्त्रीमण्डल पुनर्गठनसम्मका सारा कदमहरुको विरोधमा यो अभियान चलाइएको उनको भनाइ छ ।

एकता आह्वान लगत्तै किन विरोधमा उत्रिनुभएको भन्ने प्रश्नमा लामाले जवाफ दिइन्, ‘एकता आह्वान राम्रो हो, तर उहाँले राख्नुभएका केही प्रस्ताव ठिक छैनन् । हामी संसद विघटनलाई प्रतिगमनकै रुपमा हेर्छौं ।’

लामाका अनुसार देशभर माधव नेपाल पक्षधर विद्यार्थीहरुले ह्यासट्यागसहित विभिन्न चारवटा नारा लेखिएको प्लेकार्ड शो गरेर सामाजिक सञ्जालमा तस्बिर पोष्ट गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर