अष्ट्रेलियाद्वारा नेपाली सेनालाई कोभिडविरुद्धको स्वास्थ्य सहायता प्रदान – Nepal Press

अष्ट्रेलियाद्वारा नेपाली सेनालाई कोभिडविरुद्धको स्वास्थ्य सहायता प्रदान

काठमाडौं । अष्ट्रेलियाले कोभिड–१९ महामारीविरुद्ध नेपाललाई उपलब्ध गराएको स्वास्थ्य सामग्री काठमाडौं आइपुगेको छ ।

अष्ट्रेलियाको रक्षा मन्त्रालयको एयरक्राफ्टमा ल्याइएका ती सामग्रीलाई अष्ट्रेलियाली राजदूत फेलोसिटी भल्कले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई हस्तान्तरण गरिन् ।

कोभिड–१९ प्रतिकार्यका लागि नेपाली सेनाबाट तैनाथ गरिने स्वास्थ्यकर्मीको सुरक्षार्थ आवश्यक पर्ने उक्त स्वास्थ्य सामग्रीहरु अष्ट्रेलियन एयर फोर्सको जहाजमार्फत ल्याइएको जंगी अड्डाद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *