अगरिया मन्त्री भएपछि जनकपुरमा दिपावली – Nepal Press

अगरिया मन्त्री भएपछि जनकपुरमा दिपावली

जनकपुरधाम । जसपाको तर्फबाट उमाशंकर अगरिया संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रीमा नियुक्त भएपछि जनकपुरमा दिपवाली मनाइएको छ । मन्त्री पदको शपथ लिएलगत्तै समर्थक यूवाले जनकपुरको भानुचोकमा दिप प्रज्वलन गरी खुशियाली मनाएका हुन् ।

शहिदनगर नगरपालिका ८ निवासी अरगरिया धनुषाका लोकप्रिय नेता मानिन्छ । उनी भ्रष्टाचार विरुद्धको अभियान चलाएर चर्चा पाएका थिए ।
उपेन्द्र यादव नेतृत्वको तत्कालिन संघीय समाजवादी पार्टीबाट धनुषा क्षेत्र २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

राजपा र समाजवादी पार्टी मिलेर बनेको राजपामा विभाजन भएपछि उनी महन्थ ठाकुर पक्षमा लागेर मन्त्री बन्न सफल भएका छन् ।

प्रतिक्रिया

One thought on “अगरिया मन्त्री भएपछि जनकपुरमा दिपावली

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर