प्रदेशसभा सदस्यबाट पदमुक्त भएका कृष्ण थापा सर्वोच्चमा, आइतबार रिटमाथि सुनुवाइ – Nepal Press

प्रदेशसभा सदस्यबाट पदमुक्त भएका कृष्ण थापा सर्वोच्चमा, आइतबार रिटमाथि सुनुवाइ

काठमाडौं । गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले अन्तरिम आदेशबाट पुनर्वहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

आफूलाई असंवैधानिक तरिकाले कारवाही गरेको भन्दै थापाले रिट दर्ता गराएका हुन् । उनको रिटमाथि प्रारम्भिक सुनुवाइका लागि आइतबार पेसी तोकिएको सर्वोच्च अदालतका सञ्चारविज्ञ किशोर पौडेलले बताए ।

थापालाई पार्टी निर्णयविपरीत एमालेलाई साथ दिएको भन्दै पार्टीले कारवाही गरी प्रदेशसभा सदस्यबाट पदमुक्त गराएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर