मलेसिया १०९ रनमा अल आउट ! करणले लिए तीन विकेट – Nepal Press

मलेसिया १०९ रनमा अल आउट ! करणले लिए तीन विकेट

काठमाडौं । करण केसीको तीन विकेट प्रेरित नेपालले ट्राई नेसन ट्वान्टी-२० सिरिजमा मलेसियालाई १०९ रनमा अलआउट गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियालाई सस्तैमा समेट्न करणले ३ ओभरमा १७ रन खर्चेर सर्वाधिक तीन विकेट लिए । मलेसियन ब्याटिङ लाइन अपमाथि भारी परेको नेपालका लागि सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी, उपकप्तान दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल र साहब आलमले १/१ विकेट लिए ।

नेपालको कसिलो बलिङसामु टिक्न नसकेको मलेसियाले १६५ ओभरमा सबै विकेट गुमाएर १०९ रनको योगफल तयार गर्‍यो । मलेसियाका लागि ओपनर साद अजिजले २४ बलमा ४ चौका र १ छक्कासहित २७ रन बनाए । त्यस्तै, सार्भिन मुनियादीले २० तथा विकेटकिपर ब्याट्सम्यान शफिक सरिफले १५ रन जोडे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर