प्रचण्डको भर्‍याङ चढेर प्रधानमन्त्री भएपछि ओलीले पुक्क लात्ताले हानेर प्रचण्डलाई नै ढाल्दिए- माधव नेपाल (भिडियो) – Nepal Press

प्रचण्डको भर्‍याङ चढेर प्रधानमन्त्री भएपछि ओलीले पुक्क लात्ताले हानेर प्रचण्डलाई नै ढाल्दिए- माधव नेपाल (भिडियो)

काठमाडौं । विभाजित नेकपाका एकजना अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओली प्रचण्डको भर्‍याङ चढेर प्रधानमन्त्री बनेको र अहिले प्रचण्डलाई नै पुक्क लात्ताले हानेर भुइँमा पछारेको टिप्पणी गरेका छन् ।

ट्रेड युनियनले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले ओलीले आफ्नो कुर्सी ताक्नेलाई कुर्सी नै भाँचेर देखाइदिने चर्चित भनाइ चरितार्थ गरेको बताए ।

नेपालले भने- उनले मार्क्सवाद र कम्युनिष्ट पार्टीको भर्‍याङ चढे । हुँदा-हुँदा कमरेड पुष्पकमल दाहाल हाम्रो पार्टीको अध्यक्षको भर्‍याङ चढेर प्रधानमन्त्री भइसकेपछि पुक्क लात्ताले हानेर ढाल्दिए । मेरो कुर्सी ताक्छौ ? लौ मैले देखाइदिएँ कुर्सी नै भाँचेर । यो केपी ओलीको बहुत चर्चित भनाइ हो ।

नेपालले केपी ओलीमा लामो समयदेखि कम्युनिष्ट राजनीतिबाट विचलन आएको र त्यसको परिणाम प्रतिनिधिसभा विघटन रहेको आरोप लगाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर