प्रचण्डकी नातिनीले गीतबाटै भनिन्- हामी नेपाल कम्युनिस्ट पार्टी (भिडियो) – Nepal Press

प्रचण्डकी नातिनीले गीतबाटै भनिन्- हामी नेपाल कम्युनिस्ट पार्टी (भिडियो)

काठमाडौं । नेकपा विभाजनपछिको प्रभाव संगीतमा पनि देखिएको छ । कलाकारले आ-आफ्नो पक्षमा गीत सिर्जना गरिरहेका छन् ।

यही मेसोमा नेकपा (दाहाल-नेपाल पक्ष)का अध्यक्ष पुष्पकमल दाहालकी नातिनी स्मिताले पनि इन्टरनेटमा गीत रिलिज गरेकी छिन् । ‘हामी कम्युनिष्ट पार्टी’ बोलको गीतमार्फत उनले हजुरबुबाको राजनीतिक लाइनलाई पछ्याएकी छिन् ।

स्मिताले नवीन खड्कासँग मिलेर स्वर भरेकी छिन् । तीलक ओलीको शब्द संगीत र नवीनको शब्द छन् । भिडियोलाई वीरेन्द्र ओलीले निर्देशन गरेका छन् । भिडियोमा दाहाल–नेपालको तस्विरसहित उनीहरुको पक्षमा भएको प्रदर्शनलाई समावेश गरिएको छ ।

हेर्नूस भिडियो :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *