सूर्य थापाको टिप्पणी- आफ्नो शक्ति वृद्धिका लागि भैंसी पूजा गरेजस्तो होइन पशुपति दर्शन – Nepal Press

सूर्य थापाको टिप्पणी- आफ्नो शक्ति वृद्धिका लागि भैंसी पूजा गरेजस्तो होइन पशुपति दर्शन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वकै हिन्दूहरुका आराध्यदेव पशुपतिनाथको पूजा गरेको विषयले चर्चा पाइरहेका बेला नेकपा नेता तथा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रष्ट्याउन खोजेका छन् ।

आज विहान सामाजिक संजाल फेसबुकमा प्रधानमन्त्रीको पशुपतिनाथको तस्विर र विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही वर्षअघि चतरामा भैंसी पूजा गरेको तस्विर पोष्ट गर्दै पशुपतिनाथमा प्रधानमन्त्रीले गरेको पूजाआजाको सर्वत्र प्रशंसा भएको दावी गरे ।

उनले प्रचण्डले आफ्नो शक्ति बृद्धिका खातिर सुनसरीमा भैंसी पूजा गरेको भन्दै भैंसी पूजा गर्नुलाई पशुपतिनाथ मन्दिरमा पुगेर विश्व शान्ति र मानव कल्याणको लागि पूजा गर्नुजस्तो स्वाभाविक नमानिने टिप्पणी गरेका छन् ।

थापाले प्रधानमन्त्रीले पशुपतिनाथ दर्शनको क्रममा त्यहाँको निर्माण कार्यको निरीक्षण तथा विशेष पूजा गरेको र सुनको जलारी निर्माणको योजनामा जम्मा रहेको ६५ करोड बजेटमा सरकारको तर्फबाट थप ३० करोड उपलब्ध गराउने प्रतिबद्धता जनाएको बताएका छन् ।

प्रधानमन्त्रीको पशुपति दर्शनप्रति प्रचण्ड माधव नेपाल पक्षधर नेकपा नेता कार्यकर्ताले सामाजिक संजालबाट विरोध र व्यंग्य गरेपछि थापाले प्रचण्डको भैंसी पूजाको प्रसंग झिकेर बुझ्ने स्तर आआफ्नै हुने बताएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर